2006-02-14 - press release - NHRC२०६२-११-०२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20089 अभिलेखालय सि. नं.: NCA-20089

मिति: 2006-02-14
रिहाईका लागि आयोगको पहल जारी, २०६२ फागुन २
ललितपुर, फागुन २, २०६२ - ने.क.पा - माओवादी ) निकट अखिल नेपाल ट्रेड यूनियन महासंघले यही माघ २१ गते सिमरास्थित कारखानाबाट वीरगञ्जतर्फजादैं गर्दा नितनपुर भन्ने ठाउँबाट कब्जामा लिएका र्सर्ूय नेपाल प्राइभेट लिमिटेडमा कार्यरत प्रभाकर शाह, डम्वरमणि लिम्बू र र्सवजीत रानाको सकुशल रिहाईका लागि राष्ट्रिय मानव अधिकार आयोगले आवश्यक पहल गरिरहेको छ। यस क्रममा गत आइतबार बारा पुगेको आयोगका अधिकृतहरू सम्मिलित अनुगमन टोलीले र्सर्ूय नेपाल प्रा.लि. को आधिकारिक ट्रेड यूनियन, व्यवस्थापन, उधोग वाणिज्य संघ पर्सर्ाापत्रकार र नागरिक समाजका व्यक्तिहरूसँग रिहाईका लागि आवश्यक वातावरण बनाउन छलफल गरिरहेको छ। आयोग टोलीले सो महासंघसमक्ष कब्जामा रहेका तीनै जना व्यक्तिहरूलाई विना शर्त तत्काल सकुशल रिहाई गर्न आग्रह गरेको छ। युद्धमा कुनै पनि किसिमले संलग्न नरहेका तीनै जना व्यक्तिहरूलाई उक्त महासंघले सकुशल विना शर्त चाडैं रिहा गर्ने आयोगले अपेक्षा राखेको छ। विमलबाबु खत्री सञ्चार अधिकृत