2006-02-12 - press release - CPN-M२०६२-१०-३० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20086 अभिलेखालय सि. नं.: NCA-20086

प्रेस वक्तव्य

देशव्यापी फौजी कार्वाहीको श्रृंखलामा जनमुक्ति सेना, नेपालको एउटा टुकडीले हिजो उदयपुरको गाइघाटमा एम्बुस गरेर छ जना शाही सत्ताका सुरक्षाकर्मीहरुलाई ढलाइ पाँच वटा अत्याधुनिक हतियार ल्याउन सफल भएको छ। प्राप्त भएका युद्धसामग्रीमा दर्ुइ वटा एसएलआर, दर्ुइ वटा इन्सास र एउटा एसएलडब्लु एवम् एक हजार राउण्ड गोलीलगायत छन्।

एम्बुसपछि भएको भिडन्तमा जनसेनातर्फएक जनाको शहादत भएको छ। युद्धमा शहादत प्राप्त गर्नुभएका योद्धालाई महान् शहीद घोषणा गर्दै संग्रामी अभिवादन टक्याउँछौं।

शाही सत्ताको विरुद्ध भइरहेको फौजी र गैरफौजी लडाइँले यसको पतनलाई नजिक तुल्याएको छ।

२०६२ माघ २५ गते

राजेश
कमाण्डर
दोस्रो डिभिजन
जनमुक्ति सेना, नेपाल