2006-02-10 - press release - CPN-M२०६२-१०-२८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-21072 अभिलेखालय सि. नं.: NCA-21072

प्रेस वक्तव्य

गत माघ १८ गतेको पाल्पा तानसेनको सफल आक्रमणपछि त्यसको विस्तार गर्ने योजनाअन्तर्गत महेन्द्र राजमार्गमा पर्ने बुटवल शहरलाई घेराबन्दी गरेर बसेको जनमुक्ति सेनाले हिजो २७ गते सुनौलदेखि बुटवलसम्म भएका विभिन्न मोर्चाहरुमा शानदार विजय प्राप्त गरी शाही सेनालाई धूलो चटादिएको छ। नवलपरासीको परासीबाट बख्तरबन्द सहित पा“चवटा गाडीमा आएको शाही सेनालाई सुनौलको रम्भापुरमा जनमुक्ति सेनाले हमला गरी २५ जनाको सफाया गरेको छ र १२ जनालाई जिउँदै समात्न सफल भएको छ भने बा“कीलाई परासी नै पुग्नेगरी लखेटिदिएको छ।

उक्त हमलामा दुश्मनका चारवटा गाडी ध्वस्त पार्नुका साथै ८१ एमएम तोप एक थान, सोको बम १० थान, एम–१६ को टीटीएससहित चार थान, एसएलआर २० थान, थ्रीनटथ्री १० थान, एसएमजी दुई थान, टु–इञ्च मोर्टारका बम १५ थान, झोला ८० थान र ५० हजार थान गोली कब्जा गरिएको छ। एक अर्को मोर्चामा बुटवलबाट अन्धाधुन्ध फायरिङ गर्दै पूर्वतिर लागेको शाही जल्लादहरुलाई राजमार्गको घोडाहाबाट लखेट्दै तितरवितर पार्न जनमक्ति सेना सफल भएको छ। भाग्ने क्रममा जनताको घरमा पसी मानव ढाल बनाएकोले जनताको जिउधनको रक्षाको जिम्मेवारीबोधका कारण आक्रमण नगरी छोडिएको छ। सोही स्थानमा शाही सेनाको गोलीबाट एक महिलाको मृत्यु भएको छ।

ती मोर्चाहरुमा चार जना कमरेडहरुले उच्च शहादत प्राप्त गर्नुभएको छ भने केही कमरेडहरु घाइते हुनुभएको छ। दुश्मलाई जिउँदै छोपेर वीरता र सौर्यको प्रदर्शन गर्दै विजय हासिल गर्ने जनुमुक्ति सेनाका कमाण्डर र योद्धाहरुलाई बधाइका साथ हार्दिक अभिवादन गर्दछौं। यसक्रममा शहादल प्राप्त गर्नुहुने महान् शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं साथै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछौं। यसैगरी शान्तिपूर्ण आन्दोलनको क्रममा दाङमा शहादत प्राप्त गर्नुहुने उमेशचन्द्र थापाप्रति जनमुक्ति सेना श्रद्धाञ्जलि अर्पण गर्दछ।

सात दलको शान्तिपूर्ण आन्दोलनमा समेत पछाडिबाट गोली हानी हत्या गर्ने हत्यारो राजा ज्ञानेन्द्रबाट आशा गरियो भने २००७, २०४६ को नियति दोहरिने हुँदा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नभएसम्म जनताको आन्दोलनको सही ढंगले नेतृत्व गर्न गणतन्त्रको ठोस नारा र गणतान्त्रिक मोर्चा एकमात्र विकल्प भएकोले सम्पूर्ण राजनैतिक दलहरुलाई देश र जनताप्रति उत्तरदायी भएर सम्झौताहीन संघर्षका लागि अघि बढ्न हािर्दक अपिल गर्दै जनमुक्ति सेना राजतन्त्रको अन्त्य नभएसम्म निरन्तर लडिरहने प्रतिबद्धता जाहेर गर्दछ।

हतियार बुझाइ आत्मसमर्पण गर्ने सैनिकहरुलाई जेनेभा महासन्धीअनुसार रिहा गरिने गर्दै आएको जनमुक्ति सेनाको ऐतिहासिक परम्परा पनि दोहो¥याउन चाहन्छौं। चौतर्फी रुपमा घेरामा परेर विघटनको अन्तिम संघारमा रहेको राजतन्त्रका विरुद्ध समयमै विद्रोह गरी देश र जनताको पक्षमा लागन सैनिक जवान र प्रहरीलाई पुनःआह्वान गर्दछौं।

२०६२ साल माघ २८ गते

प्रभाकर
डेपुटी कमाण्डर
जनमुक्ति सेना, नेपाल