2006-02-07 - press release - INSEC२०६२-१०-२५ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20079 अभिलेखालय सि. नं.: NCA-20079

प्रेस विज्ञप्ति

०६२ माघ २५ गते

प्रेस विज्ञप्ति

विगत केही समयदेखि माओवादीपक्षबाट भइरहेको व्यक्ति हत्या र हत्या प्रयासका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। एकपक्षीय युद्धविराम भङ्ग भएयता माओवादीबाट भएको व्यक्ति हत्याबाट पाँचजना निशस्त्र गैरसैनिक व्यक्तिहरू मारिएका छन्। ०६२ साउन १२ गते नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा निहत्था कुनै पनि व्यक्तिमाथि भौतिक आक्रमण रोक्ने भनी प्रतिबद्धता व्यक्त गरिएको थियो।त्यसैगरी पार्टी प्रवक्ता कृष्णबहादुर महराद्वारा ०६२ माघ २० गते जारी विज्ञप्तिमा सर्वसाधारण, राजनीतिक कार्यकर्ता र उम्मेदवारलाई भौतिक आक्रमण गर्ने आफ्नो पार्टीको नीति नरहेको बताइएको थियो।

अन्तर्राष्ट्रिय मानवीय कानुन र जेनेभा महासन्धिप्रति नेकपा (माओवादी)ले पटक-पटक प्रतिबद्धता प्रकट गरेतापनि त्यसको पालना नभएको सन्दर्भमा इन्सेकले एक्लै वा विभिन्न मानवअधिकार संस्थासँग संयुक्त रूपमा त्यस्ता घटनाहरूको भत्र्सना गर्दै त्यस्ता घटनाहरू नदोहर्याउन माओवादीपक्षलाई बारम्बार आह्वान गर्दै आएको छ। सशस्त्र संघर्षमा असंलग्न नागरिकहरूलाई कुनै पनि बहानामा आक्रमणको निशाना बनाउन नहुने जेनेभा महासन्धिको साझा धारा ३ को पालना गर्न, नागरिकको बाँच्न पाउने नैर्सर्गिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदोहर्याउन माओवादीपक्षसँग आह्वान गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष