2006-02-05 - press release - NHRC२०६२-१०-२३ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20073 अभिलेखालय सि. नं.: NCA-20073

मिति: 2006-02-05
आयोगद्वारा पाल्पामा अनुगमन/अनुसन्धान सम्पन्न, २०६२ माघ २३

ललितपुर, माघ २३, २०६२ - यही माघ १८ गते ने.क.पा -माओवादी)द्वारा पाल्पाको तानसेनमा गरिएको आक्रमणको अनुगमन तथा अनुसन्धानका लागि घटनास्थल पुगेको आयोग टोलीले सो घटनाका सम्बन्धमा घटनास्थलमा अनुगमन तथा अनुसन्धान कार्य सम्पन्न गरेको छ। आयोग टोलीले उक्त घटनामा ने.क.पा (माओवादी) ले कब्जामा लिई हिजो मुक्त गरेका २१ जना सुरक्षाकर्मीहरूसँग भेटी आवश्यक जानकारी लियो। ने.क.पा (माओवादी) ले आफनो कब्जामा रहेका २१ जना सुरक्षाकर्मीलाई स्थानीय पत्रकार र मानव अधिकारकर्मीको रोहवरमा हिजो मुक्त गरेका थिए।

सोही घटनामा ने.क.पा (माओवादी)ले कब्जामा लिएका पाल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापा लगायत बाँकीको रिहाईको क्रममा आयोग सदस्य सुदिप पाठक सहित आयोगका अधिकृत र स्थानीय पत्रकार सम्मिलित टोली प्र.जि.अ. थापालाई कब्जामा लिएर भोलिपल्ट बास बसाइएको घरसम्म पुगेको थियो। प्र.जि.अ. थापा लगायत कब्जामा रहेका अन्यलाई चाडैं मुक्त गरिने ने.क.पा (माओवादी) सँगको र्सर्म्पकबाट आयोग टोलीले जानकारी प्राप्त गरेको छ। प्र.जि. अ. थापा लगायत कब्जामा रहनुभएका अन्यलाई ने.क.पा (माओवादी)ले अर्को स्थानतर्फलगिएकोले मुक्त गर्न नसकेको माओवादीको भनाइ रहेको आयोगको अनुगमन टोलीबाट प्राप्त जानकारीमा उल्लेख छ। आयोग टोलीले ने.क.पा (माओवादी)सँग कब्जामा राखिएका प्र.जि.अ.थापा लगायतको अवस्थाबारे जानकारी लिएको थियो। उहाँहरू सबैजना सकुसल रहेको र उहाँहरूलाई अन्तर्रट्रय मानवीय कानून बमोजिमको व्यवहार गरिएको ने.क.पा (माओवादी )द्वारा आयोग टोलीलाई जानकारी गराइएको थियो।

उक्त घटनाको अनुगमन/अनुसन्धानका लागि यही माघ २० र २१ गते गरी आयोगका सदस्य पाठक र डा. रामदयाल राकेशसहित केन्द्र र पोखरास्थित क्षेत्रीय कार्यालयबाट घटनास्थलर्फखटी गएको अधिकृतहरूको टोली पाल्पाबाट हिजो साँझ फर्केको छ।

ध्रुव नेपाल

निमित्त सचिव