2006-02-03 - press release - NHRC२०६२-१०-२१ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20070 अभिलेखालय सि. नं.: NCA-20070

मिति: 2006-02-03
आयोग टोली पाल्पा प्रस्थान, २०६२ माघ २१

मिति २०६२ माघ १८ गते ने.क.पा. (माओवादी) द्वारा पाल्पाको तानसेनमा गरिएको आक्रमणको अनुगमन तथा अनुस्ान्धान गर्नका लागि आयोगका सदस्य सुदिप पाठक, संरक्षण महाशाखाका प्रमुख यज्ञप्रसाद अधिकारी र अधिकृत धनिराम साप्ाकोटाको टोली आज घटनास्थलतर्फप्रस्थान गरेको छ। यसअघि आयोगका सदस्य डा. रामदयाल राकेशसहित अधिकृतहरू संलग्न टोली गत विहिबार नै स्याङ्जा हुदैं घटनास्थलतर्फप्रस्थान गरेको भएपनि सडक अवरोधका कारण उक्त टोली घटनास्थल पुग्न अर्समर्थ भएको थियो। उक्त घटनामा ने.क.पा - माओवादी) ले प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापा, स्थानीय विकास अधिकारी रामचन्द्र ढकाल, राष्ट्रिय अनुसन्धान विभागका निरिक्षक यमप्रसाद पराजुली लगायत शाही नेपाली सेना, नेपाल प्रहरी तथा बुटवल प्रहरी तालिम केन्द्रबाट गएका थप प्रहरी समेत जम्मा ३७ जनालाई कब्जामा लिई गएको भन्ने प्रारम्भिक जानकारी आयोगलाई प्राप्त भएको छ। ने.कपा -माओवादी) द्वारा कब्जामा लिएका व्यक्तिहरुलाई अन्तर्रर्ााट्रय जेनेभा महासन्धिको धारा ३ अनुरूपको व्यवहार गर्न तथा तत्काल विना शर्त मुक्त गर्न ने.क.पा. - माओवादी) लाई राष्ट्रिय मानव अधिकार आयोग आग्रह गर्दछ।

उक्त घटनामा ने.क.पा -माओवादी) ले कब्जामा लिएका व्यक्तिहरुको नामावली यसप्रकार छ।

नेपाल प्रहरीमा कार्यरत प्रहरीहरु

१) प्र.ना.नि. मनबहादुर गुरुङ्ग २) प्र.ना.नि. सुवास गैह्रै ३) प्र.स.नि. शम्शेर जि.सी. ४) प्र.ह. गुरुदत्त शर्मा ५) प्र.ह. कान्तबहादुर राना ६) प्र.ज. लोकबहादुर गौतम ७) प्र.ज. चन्द्रबहादुर थापा ८) प्र.ज. सन्तोष यादव ९) प्र.ज. तिला वैदवार १०) प्र.ज. कृष्ण थापा ११) प्र.ज. सुरज यादव १२) प्र.ज. दिपज्योति उलंगे १३) प्र.ज. दिपेन्द्र सापकोटा १४) प्र.ज. गणेश थापा १५ ) प्र.ज. हेमबहादुर सार्की १६) प्र.ज. लालवहादुर दमाई १७) प्र.ज. ताराप्रसाद ओली १८ ) प्र.ज. कमलबहादुर मल्ल १९) प्र.ज. गौतम अर्याल २० ) प्र.ज. मिनबहादुर पुनमगर २१ ) प्र.ज. जय वस्नेत २२) रि. प्र.ज. विजय शाह २३) रि. प्र.ज. विनोद शाह २४ ) रि. प्र.ज. धमे्रन्द्र यादव

२५ ) रि. प्र.ज. भक्तबहादुर र्घर्तिमगर २६) रि. प्र.ज.र्सर्ुयप्रकाश गिरी २७) रि. प्र.ज. सीताराम साह तेली २८ ) रि. प्र.ज. धर्मबहादुर ओली

शाही नेपाली सेनातर्फ

(माननीय सदस्य सुदिप पाठक र नि. सचिव धु्रव नेपालको निर्देशानुसार )

विमलबाबु खत्री

सञ्चार अधिकृत