2006-01-24 - press release - NHRC२०६२-१०-११ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20054 अभिलेखालय सि. नं.: NCA-20054

मिति: 2006-01-24
आयोग टोलीद्वारा एमाले महासचिव नेपालसँग भेट, २०६२ माघ ११

ललितपुर, माघ ११, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक र डा. रामदयाल राकेश सहित अधिकृत कर्मचारीहरू सम्मिलित टोलीले घरमा नै स्थानहद गरी राखिनुभएका ने.क.पा (एमाले)का महासचिव माधवकुमार नेपालसँग भेट गरी उहाँको अवस्थाबारे जानकारी लियो।

आयोग टोलीसमक्ष एमाले महासचिव नेपालले आफूले चाहेबमोजिम पत्रपत्रिका पढन नपाएको गुनासो गर्नुभएको थियो।

आयोग टोलीले आजै आफनो घरमा स्थानहद गरी राखिनुभएका ने.क.पा (एमाले) का नेता भरतमोहन अधिकारीसँग पनि भेट गरी उहाँको अवस्थाबारे पनि जानकारी लिएको थियो।

आयोगले विगत केही दिन यता राजधानीका विभिन्न थुना केन्द्रहरू र स्थानहदमा राखिनुभएका व्यक्तिहरूको मानव अधिकार स्थिति अनुगमन गर्ने क्रममा आज एमाले नेताहरूसँग भेट गरेको हो। थुना केन्द्रहरूकै अनुगमनका सिलसिलामा आयोग टोली आज पनि राजधानीका विभिन्न थुना केन्द्रहरूमा पुगेको छ।

ध्रुव नेपाल

निमित्त सचिव