2006-01-23 - press release - NHRC२०६२-१०-१० - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20051 अभिलेखालय सि. नं.: NCA-20051

मिति: 2006-01-23
आयोगले आज हत्याको अनुसन्धान, थुनुवा केन्द्रहरूको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम, २०६२ माघ १०

आयोगले अनुसन्धान थाल्यो

ललितपुर, माघ १०, २०६२ - नेपाल सदभावना पार्टी (मण्डल) धनुषाका सभापति विजयलाल दासलाई हिजो ने.क.पा (माओवादी ) द्वारा हत्या गरिएको भनिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षा भएको छ।

सो घटना अन्तराष्ट्रिय मानवीय कानून विरूद्धको कार्य भएको हुँदा आयोगको टोली अनुसन्धानका लागि त्यसतर्फजादैंछ।

ने.क.पा (माओवादी) को केन्द्रीय नेत्तृत्व तहबाट पटक पटक मानव अधिकार र अन्तराष्ट्रिय मानवीय कानूनप्रति र्सार्वजनिक रूपमा जारी प्रतिबद्धताका बाबजुद पनि यस खालका घटना हुनु निन्दनीय छ।

आयोगद्वारा थुनुवा केन्द्रहरूको अनुगमन जारी

ललितपुर, माघ १०, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि राजधानीका विभिन्न स्थानमा रहेका थुनुवा केन्द्रहरूमा पुगी थुनुवा केन्द्रहरूमा राखिएका व्यक्तिहरूको मानव अधिकार अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ।

अनुगमनका क्रममा आयोगले आजसम्म राजधानीमा रहेका विभिन्न १२ थुनुवा केन्द्रहरूमा पुगी ३११ थुनुवाहरूसँग भेट गरेको छ। आयोगको अनुगमनबाट प्राप्त जानकारी अनुसार ती मध्ये ३५ जना आजसम्म थुनामुक्त गरिएका छन् भने बाँकी २७६ जना अहिले पनि थुनुवा केन्द्रमै रहेका छन्।

आयोगले अनुगमन गरेका थुनुवा केन्द्रहरूमा प्रहरी प्रशिक्षण तालिम केन्द्र, सशस्त्र प्रहरी २ नं. गण, सशस्त्र प्रहरी गण, वडा प्रहरी कार्यालय, बौद्ध, सिंहदरवार, गौशाला, दरवारमार्ग, जनसेवा, सोहृखुट्टे र कमलपोखरी रहेका छन्। त्यसैगरी बाँकी केन्द्रहरू प्रहरी पहरा गण र सशस्त्र प्रहरी बल बलम्बु हुन।

थुनुवा केन्द्रहरूकै अनुगमनका सिलसिलामा आयोगको टोली आज पनि विभिन्न थुना केन्द्रहरूमा पुगेको छ।

कानूनी सहायतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सन्पन्न

ललितपुर, माघ १०, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले आज कानूनी सहायता सम्बन्धमा केन्द्रीय कानूनी सहायता, सम्बन्धित विभिन्न मन्त्रालय तथा लैङ्गीक समानताको मुल प्रवाहीकरण कार्यक्रमका प्रतिनिधिहरुसँग छलफल कार्यक्रम सम्पन्न गर्‍यो। कानुनी सहायता ऐन अर्न्तर्गतको केन्द्रीय कानूनी सहायता समिति र सम्बन्धित मन्त्रालयहरुले कानूनी सहायता सम्बन्धमा गरिरहेका गतिविधिका बारेमा जानकारी लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

अन्तरक्रियामा केन्दी्रय कानूनी सहायता समिति, सम्बन्धित मन्त्रालयहरु र सर्वोच्च अदालतले कानूनी सहायता सम्बन्धमा गरिरहेका काम कार्वाहीको स्थिती, कार्य पद्धती, कार्यको प्रभावकारिता, मुल्याङ्गकन तथा अनुगमन, कानूनी सहायता सम्बन्धी रहेका कमी कमजोरी, समस्या समाधानका उपाय र त्यससम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिकाका बारेमा छलफल भएको थियो।

विमलबाबु खत्री

सञ्चार अधिकृत