2006-01-22 - press release - NHRC२०६२-१०-०९ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20050 अभिलेखालय सि. नं.: NCA-20050

मिति: 2006-01-22
श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई सिफारिश, २०६२ माघ ९

ललितपुर, माघ ९, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिन देखि विभिन्न थुनुवा केन्द्रहरूमा राखिएका व्यक्तिहरूको मानव अधिकार अवस्थाको अनुगमन गरी सो बाट प्राप्त तथ्यहरूको आधारमा आज श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई देहाय बमोजिमको एक सिफारिश पत्र पठाएको छ।

१) अत्यन्त गंभीर प्रकुतिका विरामी प्रदीप नेपाल र लामो समयदेखि विरामी रहेका बुद्धवीर लामा (खुट्टामा स्टिलको पातो राखिएको) समेतलाई हाल राखिएको स्थानमा राख्न उपयुक्त नदेखिएको हुँदा तत्काल रिहा गर्न,

२) थुना तथा नजरबन्दमा राखिएका सम्पूण व्यक्तिहरूलाई आबश्यक स्वास्थोपचार तथा औषधीको व्यवस्था गर्न,

३) अधिकांश थुनुवाहरुको घरमा काटिएको टेलिफोन लाइन तत्काल जडान गर्न,

४) सशस्त्र प्रहरी २ नं. गण महाराजगञ्जमा राखिएका थुनुवाहरूलाई दिईएको खानाको स्तर गुणस्तरहीन भएको, पर्याप्त पानी र शौचालयको उपयर्ुत्तm व्यवस्था नभएको र सुत्ने कोठा अत्यन्त चिसो भएको, क्षमताभन्दा बढी थुनुवाहरुलाई एकै ठाउँमा राखिएको पाइएकोले तत्काल आबश्यक प्रभावकारी व्यवस्था मिलाउनका साथै परीक्षा दिनुपर्ने विद्यार्थीहरुका लागि परीक्षा दिन पाउने व्यवस्था मिलाउन,

५) सम्पूण थुनुवाहरुलाई परिवारका सदस्य तथा उनीहरूले राजेका कानुन व्यवसायीसंग भेटघाट गरी राय परामर्श सेवा लिन पाउने व्यवस्था मिलाउन,

६) सम्पूण थुनुवाहरुलाई कानुनबमोजिम प्रकाशित पत्रपत्रिकाहरु, रेडियो, टेलिभिजन लगायत सञ्चारका साधन उपलब्ध गराउन,

७) घरमा नै नजरबन्द गरी राखिएका व्यक्तिहरुका परिवारका सदस्य समेतलाई स्वतन्त्र रुपमा आवतजावत गर्न पेशा व्यवशाय गर्न पाउने व्यवस्था मिलाउन तथा टेलिफोन लाइन काटिएकाहरूको टेलिफोन जडान गर्ने व्यवस्था मिलाउन,

यसै गरी आजपनि आयोगको अधिकृत कर्मचारीहरूको दुइ छुट्टाछुट्टै टोलीले विभिन्न थुनुवा केन्द्रहरूको अनुगमन गरिरहेको छ र सोही क्रममा प्रहरी पहरा गण त्रिपुरेश्वरमा थुनामा राखिएका ११ जना, बलम्बु स्थित सशस्त्र प्रहरी गणमा राखिएका ४० जना, वडा प्रहरी कार्यालय सोह्रखुट्टेमा ७ जना र वडा प्रहरी कार्यालय कमलपोखरीमा राखिएका ४ जना व्यक्तिहरूसँग भेटघाट गरी मानव अधिकारको स्थितिको बारेमा जानकारी लिएको छ।

(ध्रुव नेपाल)

निमित्त सचिव