2006-01-19 - press release - NHRC२०६२-१०-०६ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20048 अभिलेखालय सि. नं.: NCA-20048

मिति: 2006-01-19
आयोगका सदस्यद्वारा राजनीतिक दलका नेताहरूको मानव अधिकारअधिकार अवस्थाको जानकारी, २०६२ माघ ६

लतिलपुर, माघ ६, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक र अधिकृत सम्मिलित टोलीले आज विहान ७.३० बजेदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको आवास स्थानमा गई मानव अधिकारको अवस्थाबारे जानकारी लिएको छ।

यसै सिलसिलामा पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, ने.क.पा (एमाले) का महासचिव माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपतिशम्सेर राणा र राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापासँग भेट गरी मानव अधिकारको अवस्था एवं पार्टी नेता तथा कार्यकर्ताहरूलाई थुनामा राखिएको अवस्थाबारे जानकारी लिएको थियो। साथै, आज विहानदेखि नै आयोगका अधिकृतहरू सम्मिलित चार वटा छुट्टाछुट्टै टोलीले विभिन्न राजनीतिक पार्टी कार्यालयहरू, गिरफ्तार व्यक्तिलाई थुनामा राखिएको स्थानहरूको निरीक्षण तथा अवलोकन गरी थुनुवाहरूको अवस्थाबारे जानकारी लिने क्रम जारी रहेको छ।

आयोगको अनुगमनबाट हालसम्म प्राप्त जानकारी अनुसार निम्नलिखित व्यक्तिहरू गिरफ्तारीमा परेको पाइएको छ।

ध्रुव नेपाल

निमित्त सचिव