2006-01-18 - press release - NHRC२०६२-१०-०५ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20045 अभिलेखालय सि. नं.: NCA-20045

मिति: 2006-01-18
महासन्धि बिपरित प्रतिबन्ध, २०६२ माघ ५

ललितपुर, माघ ५, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले ने.क.पा (माओवादी) द्वारा जारी युद्धविराम भङ्ग गरिएपछि मुलुकमा उत्पन्न नयाँ परिस्थितिलाई गम्भीर रूपमा नियालिरहेको छ।

काठमाडौं र ललितपुरका प्रमुख शहरी क्षेत्रहरूमा सभा, जुलुस र धर्ना लगायतका कार्यक्रम गर्न नपाउने भनी श्री ५ को सरकारले अनिश्चितकालका लागि जारी गरेको प्रतिबन्धले नेपाल अधिराज्यको संविधान र नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धिद्वारा प्रदत्त शान्तिपूर्वक भेला हुने स्वतन्त्रतामा बन्देज पुर्‍याएको छ। आयोग नेपाल अधिराज्यको संविधान र नेपाल पक्ष भएको मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा निहित अधिकारको नेपाली जनताले निर्वाध रूपमा उपभोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा अडिग छ।

आयोगले विना हात-हतियार शान्तिपूर्वक भेला भई सभा, जुलुस र धर्ना लगायतका कार्यक्रम गर्न पाउने अधिकारको सदा झैं नियमित अनुगमन गर्नेछ। साथै, शान्तिपूर्वक रूपमा गरिने कार्यक्रमहरूले कुनै पनि अवस्थामा हिंसालाई वढावा दिनुहुदैंन भन्ने आयोगको धारणा छ।

ध्रुव नेपाल

निमित्त सचिव