2006-01-15 - press release - CPN-M२०६२-१०-०२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20039 अभिलेखालय सि. नं.: NCA-20039

प्रेस वक्तव्य

हाम्रो महान् र गौरवशाली पार्टीे रणनैतिक प्रत्याक्रमणको दोस्रो योजनाअर्न्तर्गत आम व्रि्रोहको तयारी र तत्कालीन राजनैतिक कार्यनीतिको सात दलसँग सहकार्य एवम् निरंकुश सामन्ती राजतन्त्रमाथि आ-आफ्नै तरिकाले एकिकृत प्रहारको क्रममा 'ढाडमा टेकेर टाउकोमा हान्ने' फौजी रणनीतिको पहिलो सफल अभ्यास भएको छ। यही सिलसिलामा २०६२ माघ १ गते जनमुक्ति सेना, नेपाल तेस्रो डिभिजनको विशेष फोर्सद्वारा राजधानी काठमाडौंमा श्रृंखलाबद्ध र एकिकृत फौजी कार्वाहीहरु सपलतापर्ूवक सम्पन्न गरिएको छ। यस क्रममा ४२ प्रहरी रहेको थानकोट चेकपोष्टमा आक्रमण गर्दा एक निरिक्षकसहित ११ जनाको मृत्यु, छ जना घाइते भएका छन्। यसरी नै भक्तपुरको दधिकोट इलाका प्रहरी कार्यालयमा १७ प्रहरीमध्ये एक असइसमेत तीन जनाको मृत्यु र छ घाइते भएका छन्। दुवै कार्वाहीमा कब्जा गरिएका प्रहरीहरुलाई युद्धबन्दीको रुपमा तत्काल घटनास्थलमा नै सकुशल छोडिएको छ। उक्त कार्वाहीबाट राइफल, पेस्तोल, सटगन, टुटु राइफल लगायत ३१ थान हतियार र त्यसका गोलीहरु कब्जामा आएका छन् । साथसाथै काठमाडौं, ललितपुर र भक्तपुर नगरपालिकाका वडा कार्यालय र थली प्रहरी चौकीमा बम विस्फोटन गरिएको छ। यी सबै कार्वाहीहरुमा हाम्रोतर्फकुनै मानवीय क्षति नभएको स्पष्ट गराउन चाहन्छौं।

२३७ वर्षो केन्द्रीय सामन्ती राज्यसत्ता र त्यसको नाइके सामन्ती दलाल राजतन्त्रको अन्त्यको दिनगन्ती थालनी भएको ऐतिहासिक सर्न्दर्भमा यस फौजी हमलाले बहुआयामिक अर्थ राखेको छ। कथित नगरपालिका चुनावको सैनिक ब्यारेकमा प्रहशन मञ्चनद्वारा आफ्नो सामन्ती फासीवादलाई बैधानिक जामा पहिर्‍याउने ज्ञानेन्द्र शाहीको दुःस्वपनलाई ठूलो झापड हान्नुका साथै महान् जनयुद्धको १० वर्षो विकास र प्रचण्डपथको विकसित राजनीतिक र फौजी रणनीतिको संयोजनको सांकेतिक प्रतिनिधित्व गर्दै दुश्मनको टाउकोमा प्रहारको थालनी यसले गरेको छ। आगामी दिनमा सामन्ती राजतन्त्रविरुद्ध संयुक्त प्रहार गर्दै राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाको अभियानमा सात संसदवादी दल, नागरिक समाज, मजदुर, किसान र देशका तमाम देशभक्त, लोकतान्त्रिक र वामपन्थी शक्तिहरुसँग नेकपा (माओवादी) एवम् जनमुक्ति सेना एकताबद्ध रहने हाम्रो प्रतिबद्धता दोहोर्‍याउँदै आँधीमय जनआन्दोलन र फौजी संर्घष्ाको लागि तयार रहन पनि सबैसँग अपिल गर्दछौं।

अन्तमा यस अभियानमा सहभागि जनमुक्ति सेनाका कमाण्डर, सदस्य र सम्पर्ूण्ा पंक्तिलाई कमाण्ड एवं डिभिजन कार्यालयको तर्फाट हार्दिक बधाई एवम् शुभकामना !

२०६२ माघ २ गते

अनन्त
कमाण्ड इञ्चार्ज,
विशेष केन्द्रीय कमाण्ड
तथा
डिपुटी कमाण्डर, जनमुक्ति सेना, नेपाल