2006-01-06 - press release - NHRC२०६२-०९-२२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20030 अभिलेखालय सि. नं.: NCA-20030

मिति: 2006-01-06
माओवादी विरुद्ध आयोगमा उजुरी, २०६२ पौष २२

मानव अधिकारका प्रचलित सिद्धान्त र अन्तर्राष्ट्रिय मानवीय कानुन विपरित ने.क.पा (माओवादी) ले मुलुकका बिभिन्न भागमा व्यक्तिहरूको घर सम्पत्ति कब्जा, तालाबन्दी, बिस्थापित एवं अपहरण गर्ने जस्ता अमानवीय क्रियाकलापहरू गरेको भनी राष्ट्रिय मानव अधिकार आयोगमा बिभिन्न उजुरीहरू प्राप्त भएका छन्।

प्राप्त उजुरी अनुसार धादिङ जिल्ला खरी- २ धुसेनी घर भइ शाही नेपाली सेना पशुपतिप्रसाद गणमा कार्यरत अमल्दार रमेश भण्डारीको घरमा २०६० साल भदौ १७ गते रातको समयमा सुतिरहेका परिवार र बालबच्चा सबैलाई घरबाट बाहिर निकाली खाद्यान्न लगायत सम्पर्ूण्ा सरसामान कब्जा गरी घरमा तालाबन्दी गरेको र निजले जागीर नछाडेमा तालाबन्दी नखोल्ने भनी धम्की दिइ हालसम्म पनि तालाबन्दी गरेकोले बिस्थापित हुन बाध्य भएको सम्बन्धमा आयोगको ध्यानाकर्षा भएको छ।

त्यसैगरी सिन्धुपाल्चोक जिल्ला बरुवा- १ स्थित बगाम गुम्बाको गोदाम घरमा माओवादीका कार्यकर्ताहरुले २०६२ साल मंसीर १८ गते तालाबन्दी गरेको र पटक पटक गरी ८० मुरी धान कब्जामा लिएकोले गुम्बामा अध्ययनरत बौद्धभिक्षु लामाहरूको शैक्षिक अधिकार हनन भएको भनी उजुरी पर्न आएको छ।

आयोगमा माओवादी समूहले रौतहट जिल्ला माधवपुर- ७ का रामपुकार राय यादवलाई २०६० साल चैत २३ गते अपहरण गरी बेपत्ता पारेको, रामेछाप जिल्ला हिमगंगा- ४ का तारा श्रेष्ठ, हिमगंगा- ५ का उर्मिला घिमिरे र सविना क्षेत्रीलाई यही पुष १ गते निजकै घरबाट अपहरण गरी लगेको तथा धादिङ जिल्ला नालाङ- ९ बस्ने रमेशकुमार शाहीलाई यही पुष ५ गते निजकै घरबाट अपहरण गरेको भनी उजुरीहरू प्राप्त भएको छ।

आयोग ने.क.पा (माओवादी) लाई पटक पटक र्सार्वजनिक रूपमा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति जारी गरेको प्रतिबद्धता समेतलाई ध्यानमा राखी मानव अधिकार तथा मानवीय कानूनको पूर्ण पालना गर्नका निम्ति अपहरित व्यक्तिको विना शर्त तत्काल रिहाइ एवं बिभिन्न आरोपमा तालाबन्दी गरिएकोमा तालाबन्दी हटाउन, बिस्थापितहरूलाई स-सम्मान घर फर्किने वातावरण श्रृजना गर्न तथा स्वतन्त्रतापूर्वक आफ्नो सम्पत्तिको उपभोग गर्न पाउने र जीवनयापन गर्न पाउने अधिकारको सम्मान गर्न आव्हान गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव