2006-01-04 - press release - NHRC२०६२-०९-२० - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20026 अभिलेखालय सि. नं.: NCA-20026

मिति: 2006-01-04
आयोगद्वारा जगदल र महावीर गणको आकस्मिक अनुगमन सम्पन्न, २०६२ पुस २०

ललितपुर, पुस २०, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षाकर्मीद्वारा पक्राउ गरी वेपत्ता पारिएका भनिएका व्यक्तिहरूको तदारूकताका साथ खोजी गर्ने क्रममा यही पुस १९ गते काठमाडौंको छाउनीस्थित महावीर (रेञ्जर) गण तथा जगदल गणको आकस्मिक अनुगमन सम्पन्न गरेको छ।

अनुगमनको क्रममा आयोगका अधिकृतहरूको टोलीले उक्त गणहरूमा रहेका सम्पुर्ण भवन तथा टहराहरूको निरीक्षण गरेको थियो। निरीक्षणको क्रममा आयोगले लामो समयदेखि थुनामा राखिएका जगदल गणमा आठ जना पुरुष र एक जना महिला तथा महावीर गणमा पाँच जना पुरूषसहित १४ जनालाई भेटेको थियो। भेटको क्रममा थुनामा राखिएका व्यक्तिहरूमध्ये अधिकांशले आफू सैनिक हिरासतमा रहेदेखि परिवार तथा अन्य वाहिरी र्सर्म्पक रहन नपाएको गुनासो गरेका थिए।

आयोगले जगदल गणमा भेटेका थुनुवाहरुमा जुम्लाका दत्तबहादुर बूढा, हरिचन्द्र बूढा र भरत पाण्डे, कैलालीका बलराम चौधरी र कृष्णप्रसाद मैनाली, दैलेखका गणेशप्रसाद शर्मा, डोल्पाका बुद्धिमान सार्की, बर्दियाकी छविसरा सुनार र पाल्पाका जीतबहादुर थापा रहेका छन। त्यसैगरी महावीर गणमा भेटेका थुनवाहरूमा रूकुमका होमप्रकाश श्रेष्ठ, सल्यानका मानवहादुर मल्ल, उदयपुरका चक्रबहादुर थापा र रोल्पाका जयबहादुर र्घर्ती तथा कुलबहादुर र्घर्ती हुनुहुन्छ।

ध्रुव नेपाल

निमित्त सचिव