2006-01-03 - press release - NHRC२०६२-०९-१९ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20025 अभिलेखालय सि. नं.: NCA-20025

मिति: 2006-01-03
माओवादीद्वारा युद्ध विराम भङ्ग, २०६२ पौष १९

ललितपुर, पुस १९, २०६२ - ने.क.पा (माओवादी ) का तर्फाट गत भदौ १८ गतेदेखि यही पुस १८ गतेसम्म जारी युद्धविराम भङ्ग गरिएको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोग गम्भीर दुःख व्यक्त गर्दछ।

यस नया" परिस्थितिबाट उत्पन्न हुन सक्ने भय, त्राश, अस्थिरता र हिंसाबाट र्सवसाधारणलाई मुक्त राख्न तथा मानव अधिकारको सम्मान र अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न आयोग ने.क.पा (माओवादी) लाई आग्रह गर्दछ।

आयोगले श्री ५ को सरकारलाई युद्धविरामबारे सकारात्मक रूपमा प्रस्तुन हुन पटक पटक सुझावहरू दिइसकेको र्सर्न्दभमा पनि शान्ति वार्ताको प्रक्रिया शुरू हुन नसक्दा स्थिति थप जटिल हुन सक्ने आशङ्का बढेको छ।

यस पर्रि्रेक्ष्यमा आयोग दुवै पक्षलाई उत्तेजना फैलिने गतिविधि नगर्न, अभिव्यक्तिहरू नदिन, शिक्षण संस्था र बालबालिकालाई द्वन्द्वको प्रभावबाट मुक्त राख्न, राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकारकर्मीहरूलाई द्वन्द्वग्रस्त क्षेत्रमा निर्वाध रूपमा अनुगमन गर्न बाधा नपुर्‍याउन आव्हान गर्दछ।

पछिल्लो एकतर्फी युद्धविराममा आयोगले अधिराज्यका विभिन्न ३५ जिल्लाहरूमा गरेको मानव अधिकार स्थितिको अनुगमनको अनुभवका आधारमा त्यस अवधिमा आम नागरिकले अपेक्षाकृत शान्ति र राहत पाएको स्थितिलाई समेत ख्याल राखी तत्काल दुवै पक्षबाट युद्धविराम गरी शान्ति प्रक्रिया थालनी गर्न सम्बद्ध पक्षहरूलाई आयोग आव्हान गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव