2006-01-02 - press release - CPN-M२०६२-०९-१८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20022 अभिलेखालय सि. नं.: NCA-20022

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

हाम्रो पार्टी तर्फाट तीन महिनामा थप गरिएको एक महिनाको युद्धविरामको अवधि पनि समाप्त भएको छ। बहुदलीय लोकतन्त्रप्रतिको प्रतिबद्धतासहित गृहयुद्धको शान्तिपर्ूण्ा र अग्रगामी राजनैतिक निकासका लागि जिम्मेवारपर्ूण्ा पहल भएकै कारण देश, विदेशका लोकतन्त्र र शान्तिका पक्षधर शक्तिहरुबाट युद्धविरामको पक्षमा व्यापक स्वागत र र्समर्थन प्राप्त भयो, जसका लागि हाम्रो पार्टीम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छ। यसै अवधिमा लोकतन्त्र र शान्तिको आन्दोलनका लागि हाम्रो पार्टी सात संसदवादी राजनैतिक दलहरुका बीचमा १२ बुंदे समझदारी कायम भई, सो समझदारी जनअनुमोदित समेत बनिसकेको छ। यसैबीचमा हाम्रो पार्टी, संयुक्त राष्ट्रसंघलगायत विभिन्न अन्तर्रर्ााट्रय संघ, संस्था र शक्तिहरुसँग लोकतन्त्र र शान्तिप्रतिको हाम्रो बुझाइ र प्रतिबद्धताबारे अत्यन्त सकारात्मक अन्तरक्रिया र कतिपय समझदारीसमेत कायम गरेको छ।

उपरोक्त नयां परिस्थितिको परिणाम सामन्ती निरंकुश शाही सत्तामाथि देशभित्र र बाहिरबाट युद्धविरामको सकारात्मक जवाफसहित लोकतन्त्र र शान्तिको पक्षमा र्फकन व्यापक आग्रहहरु गरिए। तर, भयानक सामन्ती हठ र निरंकुशताको पर््रदर्शन गर्दै शाही सत्ता भने देश र जनताका विरुद्ध सैनिक आतंक कायम गर्नमा नै लिप्त रह्यो। पहिलो तीन महिनामा पाल्पा, मोरङ्गलगायत देशका विभिन्न भागमा निशस्त्रर् दर्जनौं कार्यकर्ताहरुलाई कब्जामा लिएर निर्मम हत्या गर्दै आएको शाही सेनाले अन्तिम समयमा हवाइ आक्रमणद्धारा हाम्रो पार्टी लोकप्रिय नेता क.किमबहादुर थापा -सुनिल) सम्मको हत्या गर्‍यो। पछिल्लो एक महिनामा झन् फासीवादी चरित्रको पर््रदर्शन गर्दै कथित शाही सेनाले नगरकोट हत्याकाण्ड हुंदै अहिले अन्तिम समयमा आएर रोल्पामा सैन्य अपरेशनका नाममा जनताका विरुद्ध आतंकको राज्य कायम गर्ने दुश्साहस गरिरहेको छ, त्यहा" जनताका पसल लुट्ने, घरहरुमा आगो लगाउने जस्ता जंगली कृयाकलाप भइरहेका छन्। त्यसैगरी अहिले देशव्यापी रुपमा नै रक्षात्मक अवस्थामा रहेका हाम्रो जनमुक्ति सेनाका टुकडीहरुलाई घेरामा हालेर स्थल र हवाइ आक्रमण गर्ने रणनीतिमा शाही सेना प्रत्यक्षतः अगाडि बढिसकेको छ।

धरातलको यो यथार्थले हाम्रो पार्टी अगाडि सामन्ती निरंकुशतन्त्रका विरुद्ध जनताको लोकतन्त्र र शान्तिका लागि मात्र नभएर जनमुक्ति सेनाको आत्मरक्षाका लागि समेत युद्धविराम भंग गरी आक्रमणमा जानुपर्ने बाध्यतालाई स्पष्ट गर्दछ। हामी संयुक्त राष्ट्रसंघ, यूरोपियन युनियनलगायतका संस्थाहरुको युद्धविराम लम्ब्याउने आग्रहलाई गहिरो गरी बुझ्दछौं र सम्मान गर्दछौं। त्यसैगरी देशभित्रका शान्तिकामी संस्थाहरुदेखि आन्दोलनरत सात राजनैतिक दलकै एक घटक ने.का.-प्रजातान्त्रिक) ले आफ्नो महाधिवेशनका सर्न्दर्भमा युद्धविराम लम्ब्याउन गरेको आग्रहलाई पनि बुझ्दछौं र सम्मान गर्दछौं। तर, माथि उल्लेखित शाही सेनाको फासीवादी नया" कृयाकलापका सर्न्दर्भमा हाम्रा लागि चाहेर पनि युद्धविराम लम्ब्याउनु असम्भव मात्र नभइ आत्मघाती समेत हुन पुगिरहेको यथार्थलाई गंभीरतापर्ूवक लिइदिन तथा यो स्थितिका विरुद्ध जोडदार ढंगले आवाज उठाउन हामी सम्बन्धित सबै पक्षसँग हार्दिक आग्रह गर्दछौं। यसै आग्रहका साथ हाम्रो पार्टीे वर्तमान युद्धविराम भंग हुन गएको घोषणा गर्दछौं।

यहा" हामी स्पष्ट गर्न चाहन्छौं कि हाम्रा आगामी फौजी कार्यवाहीहरु निरंकुश शाही सत्ताका विरुद्धमात्र परिलक्षित हुनेछन्। तात्कालिक दृष्टिले हाम्रा फौजी कार्यवाहीहरु सामन्ती निरंकुशतामाथि पर्दा हाल्ने कथित नगरपालिका निर्वाचनको नौटंकी पर््रदर्शन गर्ने शाही सेना र उसका भरौटे सुराकीका विरुद्ध केन्द्रित हुनेछन्। सात राजनैतिक दलहरुको शान्तिपर्ूण्ा आन्दोलनलाई यथासंभव सहयोग पुर्‍याउने तथा १२ बुंदे समझदारीलाई अगाडि बढाउन आफ्ना तर्फाट सक्दो योगदान गर्ने प्रतिबद्धता पनि हामी यहाँ दोहोर्‍याउन चाहन्छौं। यहां हामी यो कुरा पनि स्पष्ट गर्न चाहन्छौं कि बृहत् राष्ट्रिय राजनैतिक सम्मेलन वा गोलमेच सम्मेलनमार्फ अन्तरिम सरकारको गठन र संविधान(सभाको निर्वाचनमार्फ जनतालाई र्सार्वभौम तुल्याउने प्रक्रिया सुनिश्चित भएमा हाम्रो पार्टीुनै पनि बिन्दुमा पुन युद्धविराम गरी शान्तिपर्ूण्ा राजनैतिक निकासमा योगदान गर्न हमेशा तयार रहनेछ। तर, दोरम्बा हत्याकाण्डमार्फ पछिल्लो वार्ता भंग गराउने र अहिले रोल्पा अपरेशनमार्फ युद्धविराम भंग गराउने ज्ञानेन्द्र(पारस जस्ता निरंकुश सामन्ती तत्व तथा उनीहरुको सैन्य डफ्फाको आतंककारी रवैया यथावत रहेमा नेपाल र नेपाली जनताको पक्षमा अन्तसम्म लडिरहने हाम्रो प्रतिबद्धता पनि यहाँ दोहोर्‍याउन चाहन्छौं। सामन्ती निरंकुशतन्त्रको बन्दुकका विरुद्ध बन्दुक नउर्ठाई नेपाली जनताको मुक्ति असंभव देखिइरहेको वर्तमान परिवेशमा शान्तिपर्ूण्ा र सशस्त्र आन्दोलनको आँधीबेहरी सृष्टि गर्नुको अर्को विकल्प छैन। अतः हाम्रो पार्टीलोकतन्त्र शान्ति र अग्रगमनका निमित्त सामन्ती निरंकुश राजतन्त्रलाई सदाका निमित्त बढारेर फाल्ने उद्देश्यमा एकजुट हुन आम जनसमुदायसँग जोडदार अपिल गर्दछ। सामन्ती अत्याचारका विरुद्ध व्रि्रोहको अधिकार यतिबेला नेपाली जनताको सबैभन्दा ठूलो मानव अधिकार हो। अतः यो अधिकारको सम्मान र पक्षपोषण गर्न हामी संयुक्त राष्ट्रसंघ, अन्तर्रर्ााट्रय समुदाय र विश्व जनमतसँग समेत हार्दिक अनुरोध गर्दछौं।

मितिः(२०६२ पौष १८ गते

प्रचण्ड
अध्यक्ष
ने.क.पा. (माओवादी)