Archive ref no: NCA-19993
मिति: 2005-11-21
राष्ट्रिय मानव अधिकार आयोगले आफनो कार्यालय समयमा परिवर्तन गरेको छ, २०६२/८/६
आयोगले यही मङ्सिर १ गतेदेखि आयोगको केन्द्रीय कार्यालय आइतबार समेत खुला राख्न थालेको छ। यो नयाँ निर्णयानुसार अबदेखि आयोगको हरिहरभवनस्थित केन्द्रीय कार्यालय मङसिर, पुस र माघ महिनामा आइतबारदेखि विहिबार हरेक दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म र शुक्रबार दिउँसो ३ बजेसम्म खुला रहने छ। अन्य महिनामा भने आयोगको कार्यालय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र शुक्रबार दिउँसो ३ बजेसम्म खुला राखिने छ।
यसअघि आयोगको केन्द्रीय कार्यालय सोमबारदेखि शुक्रबारसम्म मङ्सिर, पुस र माघमा हरेक विहान ९ बजेदेखि साँझ ४ बजेसम्म र अरू महिनाहरूमा साँझ ५ बजेसम्म खुला रहने व्यवस्था गरिएको थियो।
यद्यपि यसअघि पनि मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले शनिवार, आइतबार र र्सार्वजनिक विदाका अन्य दिनहरूमा समेत आयोगको उजुरी शाखा खुला राख्ने गरेको थियो। आयोगले विगतमा झैँ शनिवार लगायत अन्य र्सार्वजनिक विदाका दिनहरूमा पनि उजुरी शाखा खुला राख्ने छ।
केदारप्रसाद पौड्याल
प्रवक्ता