2005-11-18 - press release - NHRC२०६२-०८-०३ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19992 अभिलेखालय सि. नं.: NCA-19992

मिति: 2005-11-18
आयोगमा अपहरणको उजुरी ,२०६२/८/३

नेकपा (माओवादी) ले सिन्धुपाल्चोक जिल्लाको धुस्कुनस्थित महेन्द्र मा.वि. का कक्षा ८, ९ र १० का विद्यार्थीहरु लगायत जिल्लाका अन्य कतिपय विद्यालयहरुका विद्यालय हाताभित्रैबाट विद्याथर्र्हि अपहरण गरी लगेको र जान नमानेका विद्यार्थीहरुलाई मार्ने धम्की समेत दिइएको भनी आयोगमा उजुरी प्राप्त भएको छ।

त्यसैगरी सोही जिल्लाको धुस्कुन गा.वि.स. ४ बस्ने केशव भण्डारीलाई २०६२।७।९ गते आफ्नी आमाको वाषिर्क पुण्यतिथिमा घरमा गएको बेला, दोलखा जिल्ला सुनाखानी गा.वि.स. ३ का दिनेशकुमार शिवाकोटी लाई २०६२।७।१ गते घरबाट, रसुवा जिल्ला समरथली गा.वि.स. ३ बस्ने गौरीशंकर प्रा.वि.का प्रधानाध्यापक गम्भीरमान डंगोललाई २०६२।७।२० गते र नेपाल शिक्षक युनियन रामेछाप जिल्ला कार्य समितिकी जिल्ला उपाध्यक्ष प्रमिला सापकोटालाई रामेछापको खिम्तिबाट २०६२।८।२ गते नेकपा माओवादीले अपहरण गरी बेपत्ता पारेको भनी आयोगमा छुट्टाछुट्टै उजुरी पर्न आएको छ।

यसरी विद्यार्थी, शिक्षक तथा र्सवसाधारण नागरिकलाई अपहरण गरी लैजाने कार्यले विद्यार्थीहरुको शिक्षाको अधिकार मात्र नभई नागरिकको स्वतन्त्रपुर्वक जीवन यापन गर्न पाउने अधिकारको समेत उल्लंघन भएको छ। अतः आफूले गरेको युद्धविरामको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै शिक्षा क्षेत्रलाई द्वन्द्वबाट टाढा राख्न, नागरिकको स्वतन्त्रपुर्वक जीवन यापन गर्नु अधिकारको सम्मान गर्न र अपहरित शिक्षक विद्यार्थी र र्सवसाधारणलाई सकुशल रिहाइ गरी अन्तराष्ट्रिय मानवीय कानूनको पालना गर्न आयोग नेकपा माओवादीलाई आहृवान गर्दछ।

यज्ञप्रसाद अधिकारी

संरक्षण महाशाखा प्रमुख