2005-11-10 - press release - NA२०६२-०७-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19984 अभिलेखालय सि. नं.: NCA-19984

सुरक्षाफौजको कारवाहीमा १ आतंककारीको मृत्यु

मिति २०६२ कार्तिक २४ गते कञ्चनपुर जिल्लाको खड्डा गाउँ इलाकाका र्सवसाधारण व्यक्तिहरुलाई विभिन्न डर त्राश देखाई बलजस्ती रकम असुल गर्नुका साथै स्थानीय युवकहरुलाई अपहरण गर्न खोज्ने आतंककारीहरुले सो इलाकामा रहेको सुरक्षाफौज माथि फायर गरेपछि सुरक्षाफौजले प्रतिकारात्मक कारवाही गर्दा यादव धामी नाम गरेका १ आतंककारीको घटनास्थलमा नै मृत्यु भएको छ । मृतक आतंककारीको साथबाट सुरक्षाफौजले पेस्तोल एवं आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
10 November 2005