Archive ref no: NCA-19972 अभिलेखालय सि. नं.: NCA-19972
आत्मर्समर्पण
बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य प्रति बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्रपूवक जीवनयापन गर्ने प्रतिबद्धताकासाथ सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।
- दैलेख जिल्ला तोली इलाका निवासी आतंककारी समूहसँग आवद्ध किसान संघका कथित अध्यक्ष पूणसिंह बस्नेत र सदस्य पदम बहादुर कटुवाल, सोही जिल्लाकै छिउडीपुसाकोट इलाका निवासी लोकेन्द्र खड्का "सन्जय", चित्रा कुमारी खड्का "सन्दिप" तथा मालिका इलाका निवासी बीरबहादुर बि.क. "बिश्व" उपनाम गरेका व्यक्तिहरुले मिति २०६२ कार्तिक २० गते ।
- मकवानपुर जिल्लाको डाँडाखर्क इलाका निवासी आईतमान नाम गरेका व्यक्तिले यही कार्तिक १९ गते ।
- बाग्लुङ्ग जिल्लाको रणसिंह किटीनी इलाका निवासी रविन्द्र र्घर्तीलेे गृनेड सहित यहि कार्तिक १९ गते ।
- पर्सा जिल्लाको लखनपुर एकदरम्वा निवासी हिरण्यदेव सहनी र पन्चमा सहनीले बाह्र बोर बन्दुक नाल १ सहित यही कार्तिक १९ गते ।
- दैलेख जिल्ला सिंगासैन इलाका निवासी तुलमा जैसी "निर्मला" ले यही कार्तिक १९ गते ।
- बाजुरा जिल्लाको पाण्डुसेन इलाका निवासी कासीचन्द्र रोकाय नाम गरेका व्यक्तिले यही कार्तिक १९ गते ।
RNA HQ
07 November 2005