2005-10-31 - press release - NA२०६२-०७-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19948 अभिलेखालय सि. नं.: NCA-19948

शान्ति सेना टोली कंगो तथा बुरुण्डी प्रस्थान

संयुक्त राष्ट्र संघको आव्हानमा मध्य अफि्रकी राष्ट्र कंगो (MONUC Mission) मा शान्ति स्थापनार्थ जाने श्री नं. ५ फिल्ड गुल्म (शा.से.) पाँचौ डफ्फाको टोली तथा बुरुण्डीमा कार्यरत रहन जाने श्री स्पेशल फोर्स कम्पनी (शा.से.) तेश्रो डफ्फाको टोली आज कार्तिक १४ गते बिहान त्यस तर्फप्रस्थान गर्‍यो । उक्त टोलीलाई गौचर व्यारेकमा प्रवन्धरथी उपरथी श्री गोबिन्द बहादुर गुरुङ्गले एक समारोहका बीच हिजो हार्दिक विदाई गर्नु भयो ।

सेनानी श्री टेक जंग धमलाको नेतृत्वमा कंगो गएको टोलीमा अधिकृत-१३, पदिक-२२ तथा अन्य दर्जा १३२ गरी जम्मा १६७ जना तथा सेनानी श्री अर्जुन बहादुर थापाको नेतृत्वमा बुरुण्डी गएको टोलीमा अधिकृत-९, पदिक-१२ तथा अन्य दर्जा-५९ गरी जम्मा ८० जना सम्मिलीत रहेका छन् ।

उक्त विदाई समारोहमा शाही नेपाली सेनाका रथिवृन्द, अधिकृतहरु तथा शान्ति सेनामा भाग लिन जाने सैनिकका परिवारजनहरुको समेत उपस्थिति रहेको थियो ।

RNA HQ
31 October 2005