2005-10-22 - press release - NA२०६२-०७-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19917 अभिलेखालय सि. नं.: NCA-19917

आतंककारीले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

शंकास्पद आतंककारीहरुको एक समूहले आज मिति २०६२ कार्तिक ५ गते दाङ्ग जिल्लाको घोराहीस्थित एक बोर्डिङ्ग स्कूलका लेखापाल र सुपरिटेण्डेन्टलाई धारिलो हतियार प्रहार गरी र्घाईते बनाएकोमा सुपरिटेण्डेन्टको घटनास्थलमा नै मृत्यु भएको र लेखापालको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

आतंककारीहरुले मिति २०६२ कार्तिक २ गते डोटी जिल्लाको गिरीचौका, छपाली, दौड तथा तोलेनी इलाका निवासी २ सय भन्दा बढी स्थानीय किसानहरुलाई अपहरण गरी अज्ञातस्थल तर्फ लगेका छन् ।

आतंककारीहरुले यही कार्तिक १ गते बाजुरा र अछाम जिल्लाका ७५ जना र्सवसाधारणलाई तालिम गराउन जवरजस्ती अज्ञातस्थलतर्फलगेका छन् ।

यसै गरी आतंककारीहरुले डोटी र डडेल्धुरा जिल्लाको सिमानामा रहेका घण्टेश्वर, सरस्वतीनगर र लक्ष्मीनगर इलाकास्थित मगर समुदायका युवाहरुलाई आतंककारीको कथित अभियानमा पठाउनु पर्ने र सो नगरेमा दुःख दिने धम्की दिएका छन् ।

RNA HQ
22 October 2005