2005-10-22 - press release - NA२०६२-०७-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19916 अभिलेखालय सि. नं.: NCA-19916

सुरक्षाफौजको कारवाहीमा २ आतंककारीको मृत्यु

हिजो मिति २०६२ कार्तिक ४ गते नवलपरासी जिल्लाको चोरमारा इलाकामा नियमित गस्तिमा रहेको सुरक्षाफौजलाई लक्षित गरी फायर गर्ने शसस्त्र आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट आतंककारी समूहका कथित STF कम्पनी कमाण्डर "बिकल्प" र कथित STF सेक्सन कमाण्डर "अनमोल" उपनाम गरेका २ जना आतंककारीहरुको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलबाट सुरक्षाफौजले चाइनिज पेस्तोल नाल-१, सो को मेग्जिनहरु, गोलीहरु, मोटरसाइकल-१ तथा नगद रु. ५ हजार १ सय ५० रुपैँया बरामद गरेको छ ।

RNA HQ
22 October 2005