2005-10-21 - press release - NA२०६२-०७-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19909 अभिलेखालय सि. नं.: NCA-19909

सुरक्षाफौजको कारवाहीमा २ आतंककारीको मृत्यु

हिजो मिति २०६२ कार्तिक ३ गते रोल्पा जिल्लाको झेनाम इलाकामा नियमित गस्तिमा रहेको सुरक्षाफौजलाई लक्षित गरी सकेट बम प्रहार गर्ने शसस्त्र आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट २ जना आतंककारीहरुको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलबाट सुरक्षाफौजले र्राईफल नाल-१, पेस्तोल नाल-१, विभिन्न हतियारका गोलीहरु, सकेट बमहरु, घरेलु हतियारहरु, गृनेडहरु, विद्युतिय उपकरणहरु, जनेरेटर गोटा-२, कम्प्युटर थान-१, बन्दोवस्तिका सामानहरु तथा विभिन्न खाद्य सामग्रीहरु बरामद गरेको छ ।

RNA HQ
21 October 2005