2005-10-20 - press release - NA२०६२-०७-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19902 अभिलेखालय सि. नं.: NCA-19902

आतंककारीले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

हिजो कार्तिक २ गते आतंककारीहरुले दोलखा जिल्लाको किट्नी इलाका निवासी होम बहादुर कार्की नाम गरेका एक र्सवसाधारण व्यक्तिलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

मिति २०६२ आश्विन २९ गते गोरखा जिल्ला भिरकोट इलाका निवासी सुनिता नेपाली नाम गरेकी एक महिलालाई वयरभन्ज्याङ्गस्थित आफ्नो माइतीबाट घरतर्फआउने क्रममा सोही जिल्लाको काप्रे जङ्गगलमा आइपुग्दा आतंककारीहरुको एक समूहले घेरा हाली निज महिलालाई निर्मम तरिकाले कुटपिट गरेका छन् ।

आतंककारीहरुले मिति २०६२ आश्विन २६ गते जाजरकोट जिल्लाको रघुनाथ इलाका निवासी राजु बोहरा नाम गरेका एक र्सवसाधारण व्यक्तिलाई अपहरण गरी सोही इलाकाको गन्नेपानी जङ्गलमा लगी हत्या गरेका छन् ।

शाही नेपाली सेनामा कार्यरत पदम प्रसाद तिवारीलाई आतंककारीहरुकोले मिति २०६२ आश्विन १३ गते नेपालगञ्जबाट अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
20 October 2005