2005-10-20 - press release - NA२०६२-०७-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19901 अभिलेखालय सि. नं.: NCA-19901

सुरक्षाफौजको कारवाहीमा ३ आतंककारीको मृत्यु

आज मिति २०६२ कार्तिक ३ गते दाङ्ग जिल्लाको कोर्छा इलाकामा नियमित गस्तिमा रहेको सुरक्षाफौजलाई लक्षित गरी फायर गर्ने शसस्त्र आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट २ जना आतंककारीको घटनास्थलमा नै मृत्यु भएको छ । घटनास्थलबाट सुरक्षाफौजले म्याग्नम राइफल नाल-१, रिभल्वर नाल-२, पेस्तोल नाल-२, गृनेडहरु, सकेट बमहरु, कम्प्युटर थान-१ तथा विभिन्न भाँडाकुँडाहरु बरामद गरेको छ ।

यसै गरी हिजो कार्तिक २ गते ताप्लेजुङ्ग जिल्लाको डुम्रिसे इलाकामा सुरक्षाफौजलाई लक्षित गरी फायर गर्ने शसस्त्र आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट आतंककारी समूहका कथित डिष्ट्रिक्ट कमिटी मेम्बर अर्जुन मेन्याङ्गबो नाम गरेका १ आतंककारीको मृत्यु भएको छ । घटनास्थलबाट सुरक्षाफौजले बन्दुक नाल-१, आतंककारी दस्तावेजहरु, नगद ३ लाख २१ हजार रुपैयाँ तथा विविध बन्दोवस्तीका सामानहरु बरामद गरेको छ ।

RNA HQ
20 October 2005