2005-10-19 - press release - NA२०६२-०७-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19894 अभिलेखालय सि. नं.: NCA-19894

आतंककारी पक्राउ

आतंककारी कृयाकलापमा नलागेमा भौतिक संजाय दिने धम्की दिँदै र्सवसाधारणबाट जवरजस्ती रकम उठाउँदै हिड्ने बाजुरा जिल्लाका कथित दलित मुक्ति मोर्चाका जिल्ला सचिव चन्द्र सुनार "निराजन" लाई मिति २०६२ आश्विन ३० गते तथा अछाम जिल्लाका कथित कमाण्डर लोचन रावल "लोकेश", कथित सेक्सन कमाण्डरहरु गोविन्द वि.क. र अशोक गोविन्द वि.क. नाम गरेका आतंककारीहरुलाई हिजो मिति २०६२ कार्तिक १ गते सुरक्षाफौजले नियन्त्रणमा लिई सोधपुछको कार्य गरिरहेको छ ।

RNA HQ
19 October 2005