2005-10-19 - press release - NA२०६२-०७-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19892 अभिलेखालय सि. नं.: NCA-19892

आतंककारीले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

केहि दिन अघि आतंककारीहरुले अपहरण गरी लगेका रुपन्देही जिल्लाको रायपुर इलाका निवासी बर्मानन्द धोवी नाम गरेका व्यक्तिलाई मिति २०६२ आश्विन ३१ गते सोही जिल्लाको सिमरा इलाकामा लगी आतंककारीहरुले गोली प्रहार गरी निर्मम हत्या गरेका छन् ।

आतंककारीहरुले बझाङ्ग जिल्लाको कोरेलाकोट, दहबगर, कांडादातोला इलाकास्थित विभिन्न विद्यालयका शिक्षकहरुबाट जवरजस्ती रकम असुल्ने गरेका छन् ।

आतंककारीहरुले गत आश्विन २८ गते डडेल्धुरा जिल्लाको पोखरा बजारस्थित सामुदायिक अध्ययन केन्द्र तथा सोही जिल्लाको आशीग्राम इलाकास्थित सामुदायिक केन्द्रको कागजात तथा अन्य सामानहरु जलाएर नष्ट पारेका छन् ।

आतंककारीहरुले गत आश्विन २८ गते अछाम जिल्लाको विभिन्न इलाकाहरुबाट १० जनाको दरले अनिवार्य रुपमा आतंककारीको कथित छापामारमा भर्ति हुन धम्की दिई स्थानीय र्सवसाधारण व्यक्तिहरुमा त्रासको वातावरण श्रृजना गरेका छन् ।

RNA HQ
19 October 2005