2005-10-18 - press release - NA२०६२-०७-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19879 अभिलेखालय सि. नं.: NCA-19879

आतंककारीले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

कपिलबस्तु जिल्लाको बाणगंगा इलाकामा आफन्तलाई भेटन गइरहेका निशस्त्र अवस्थामा रहेका शाही नेपाली सेनामा कार्यरत १ जवानलाई आतंककारीहरुले मिति २०६२ आश्विन २१ गते सोही जिल्लाको निबुवा गाउँबाट अपहरण गरी अज्ञातस्थल तर्फ लगेका छन् ।

आतंककारीहरुको एक समूहले यही आश्विन २९ गते डोटी जिल्लाको पचनाली गा.वि.स.को गा.वि.स. भवनमा आगजनी गरी त्यहाँ रहेको सबै कागजात तथा अन्य सामानहरु जलाई दिएका छन् ।

आतंककारीहरुले यही आश्विन ३० गते डोटी जिल्लाको काँडामाण्डौ इलाका निवासी थोसे धानुक तथा कुमार धानुक नाम गरेका २ जना र्सवसाधारण व्यक्तिहरुबाट बलजफ्ती २० हजार रुपैयाँ लुटेर लगेका छन् ।

RNA HQ
18 October 2005