2005-10-16 - press release - NA२०६२-०६-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19871 अभिलेखालय सि. नं.: NCA-19871

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

सशस्त्र आतंककारीहरुको एक समूहले यही आश्विन २७ गते हुम्ला जिल्लाको मुचु गा.वि.स.को यारी नाकामा रहेका पर्यटक तथा स्थानीय व्यापारीहरुबाट बलजफ्ती रकम लुटपाट गरेका छन् ।

शंकास्पद आतंककारीहरुको एक समूहले यही आश्विन २७ गते काठमाण्डौं जिल्लाको इचंखुनारायण गा.वि.स.को रानीवन इलाकास्थित एक र्सवसाधारणको घरमा ढुंगामुढा गरी क्षति पुर्‍याएका छन् ।

ज्यादति गर्ने क्रममा आतंककारीहरुले यही आश्विन २६ गते गुल्मी जिल्लाको थम गाउँ इलाकास्थित मन्दिरमा आगजनी गरेका छन् ।

आतंककारीहरुको एक समूहले यही आश्विन २६ गते डोटी जिल्लाको साजघाट इलाकाका एक स्थानीय व्यापारीबाट नगद ९ हजार रुपैंया लुटेर लगेका छन् ।

RNA HQ
16 October 2005