2005-10-10 - press release - NA२०६२-०६-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19860 अभिलेखालय सि. नं.: NCA-19860

श्री ५ महाराजाधिराज सरकार तथा श्री ५ बडामहारानी सरकारबाट फूलपाती बढाँइ नजर

परमाधिपति अतिरथी परमसेनाधिपति श्री ५ महाराजाधिराज सरकार तथा श्री ५ बडा महारानी सरकारबाट आज शाही नेपाली सैनिक मञ्च टुडीखेल सवारी होइबक्सी फूलपाती बढाँइ नजर गरिबक्स्यो । मौसूफ सरकारहरु सैनिक मञ्च सवारी होइबक्सदा मौसूफ सरकारका जूनाफमा शाही नेपाली सेनाद्वारा ३१ तोपको सलामी चढाइएको थियो । उक्त समारोहमा श्री ५ महाराजाधिराज सरकरबाट मौसूफ सरकारको ५९ औं शुभ-जन्मोत्सवको पावन अवसरमा प्रदान गरी बक्सेको विभिन्न बिभुषणहरु रथीबृन्द, सेनानी समूह, अन्यदर्जा र गैह्र सैनिक व्यक्तिहरु गरी जम्मा १२७ जनालाई प्रदान गरिबक्स्नुका साथै श्री सिद्दीदल गण र श्री काली भञ्जन गणलाई निशान समेत बक्स भयो । शुसोभन समारोह पछि शाही नेपाली सेनाको एक टुकडीले राइफल तथा तोपद्वारा लहरे, एकठ्ठा र आफुखुशी बढाँइ गरेको थियो ।

उक्त फूलपाती बढाँइ समारोहमा मन्त्री परिषदका माननीय उपाध्यक्ष, मन्त्रीगण, संबैधानिक अंगका प्रमुखहरु, शाही नेपाली सेना, सशस्त्र प्रहरी एवं नेपाल प्रहरीका उच्च पदस्त अधिकृतहरुको उपस्थिति रहेको थियो । फूलपाती बढाँइ कवाज हेन टुडीखेल वरिपरि र्सबसाधारणहरुको ठुलो भिडरहेको थियो ।

श्री ५ महाराजाधिराज सरकारबाट मौसूफ सरकारको ५९ औं शूभ-जन्मोत्सवको पूनित उपलक्ष्यमा प्रदान गरी बक्सेको विभिन्न पदकहरु प्रधान सेनापति महारथी श्री प्यार जंग थापाले फूलपाती बढाँइ पछि आजै शाही नेपाली सैनिक मञ्च टुडीखेलमा १२७ जना सकल दर्जाहरुलाई प्रदान गर्नु भयो ।

RNA HQ
10 October 2005