2005-10-08 - press release - NHRC२०६२-०६-२२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19855 अभिलेखालय सि. नं.: NCA-19855

मिति: 2005-10-08
विजया दशमी २०६२ को मङ्गलमय शुभकामना, २०६२/६/२२

शुभ-कामना

राष्ट्रिय मानव अधिकार आयोग विजया दशमी २०६२ का अवसरमा सम्पूण देशवासीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। यस अवसरमा आयोग मुलुकमा मानव अधिकार संरक्षण र सर्म्बर्द्धनका लागि सदा झैं सक्रिय र क्रियाशील रहीरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छ।

मुलुकमा मानव अधिकार संरक्षणको कार्य चुनौतीपूण रहिरहेको वर्तमान र्सर्न्दभमा मानव अधिकारका क्षेत्रमा क्रियाशील सम्पर्ूण्ा संघ, संस्था, मानव अधिकार प्रतिरक्षकहरू र नागरिक समाज समेत थप सक्रिय भई मानव अधिकार वहालीका पक्षमा वकालती बढाउनुपर्ने आवश्यकता टडकारो रूपमा देखिएको छ। हिंसा र अशान्तिको वातावरणमा मानव अधिकारको निर्वाध उपभोग हुन नसक्ने हुदा दिगो शान्तिको लागि उपयुक्त वातावरण बनाउन पनि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ।

मानव अधिकार संरक्षणको कार्यलाई महत्व दिई दशैंमा हुने विदाका दिनहरूमा पनि आयोगको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूमा खुला रहने छ।

केदारप्रसाद पौड्याल
प्रवक्ता