2005-10-07 - press release - NA२०६२-०६-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19848 अभिलेखालय सि. नं.: NCA-19848

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

मोटरर्साईकलबाट काठमाण्डौं आउँदै गरेका शाही नेपाली सेनामा कार्यरत जवान तथा नुवाकोट जिल्ला बिदुर न.पा. निवासी मोटरसाइकल चालक उपेन्द्र खड्गी नाम गरेका गैर सैनिक व्यक्तिलाई हिजो आश्विन २० गते नुवाकोट जिल्लाको गोर्खु इलाकामा आईपुग्दा शंकास्पद आतंककारीहरुको एक समुहले मोटरर्साईकल नियन्त्रणमा लिई निजहरुलाई धारीलो हतियार प्रयोग गरी घाइते बनाएकोमा उपचारको लागि काठमाण्डौं ल्याउँदै गर्दा शाही नेपाली सेनामा कार्यरत जवानको मृत्यु भएको छ भने चिन्ताजनक अवस्थामा रहेका उपेन्द्र खड्गीको हाल काठमाण्डौस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यही आश्विन १८ गते आतंककारीहरुले रुकुम जिल्ला तक्सेरा इलाकाबाट ७ जना युवा युवतीहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् । साथै सोही दिन आतंककारीहरुले डोटी जिल्लाको गैरागाउँ इलाकाका प्रत्येक वडाहरुबाट २/२ जनाको दरले स्थानीय र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

यसै गरी आतंककारीहरुले यही आश्विन १४ गते रामेछाप जिल्लाको खिम्ती इलाकास्थित एक बिद्यालयका एक जना शिक्षकलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
07 October 2005