2005-10-06 - press release - NHRC२०६२-०६-२० - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19847 अभिलेखालय सि. नं.: NCA-19847

मिति: 2005-10-06
आयोगद्वारा मन्त्रिपरिषद उपाध्यक्ष डा. गिरीसग भेट, २०६२ असोज २०

ललितपुर, असोज २०, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले आज श्री ५ को सरकार मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुलसी गिरीलाई भेटी मानव अधिकार र शान्ति प्रक्रियाका सम्बन्धमा छलफल गर्‍यो।

सो अवसरमा मन्त्रिपरिषद उपाध्यक्ष डा. गिरीले आयोगले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रूपमा गर्ने कार्यहरूमा श्री ५ को सरकारको सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटमा आयोग अध्यक्ष नयनबहादुर खत्रीले आयोगले गरिरहेका कार्यहरूबारे उपाध्यक्ष डा. गिरीलाई जानकारी दिनुभएको थियो।

आयोगका अध्यक्ष खत्रीको नेत्तृत्वमा गएको सो टोलीमा आयोगका सदस्यहरू सुशीला सिंह सिलु, सुदिप पाठक, गोकुल पोखरेल र डा. रामदयाल राकेश तथा का.मु. सचिव केदारप्रसाद पौड्याल संलग्न हुनुहुन्थ्यो।

केदारप्रसाद पौड्याल
प्रवक्ता