2005-10-05 - press release - NHRC२०६२-०६-१९ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19843 अभिलेखालय सि. नं.: NCA-19843

मिति: 2005-10-05
ट्रोइका आयोगमा, २०६२ असोज १९

ललितपुर, असोज १९, २०६२ - नेपाल भ्रमणमा रहेको यूरोपेली संघको उच्चस्तरीय टोली 'ट्रोइका'ले आज राष्ट्रिय मानव अधिकार आयोगमा आई आयोगका अध्यक्ष तथा सदस्यहरूसँग भेट गर्‍यो।

सो अवसरमा संघको टोलीले नेपालको मानव अधिकारका अवस्थाबारे छलफल गरेको थियो। सो टोलीलाई आयोगले मुलुकमा मानव अधिकार संरक्षण र सम्बर्द्धनका क्षेत्रमा निर्वाह गरिरहेको भूमिका एवं सञ्चालन गरिरहेको गतिविधिबारे जानकारी गराएको थियो। सो अवसरमा आयोगका अध्यक्ष नयनबहादुर खत्रीले आयोग मानव अधिकार र दीर्घकालीन शान्ति स्थापनाका कार्यमा सक्रिय भइरहेको बताउनुभयो। 'ट्रोइका' ले नेपालको मानव अधिकार स्थित्रि्रति गहन चिन्ता व्यक्त गदैं आयोगले मानव अधिकार संरक्षण र सम्बर्द्धनमा खेलेको भूमिकाप्रति सन्तोष व्यक्त गर्‍यो। टोलीले यूरोपेली संघले आयोगलाई प्रदान गर्दै आएको सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्‍यो। उक्त छलफलमा आयोगका अध्यक्ष तथा सदस्यहरूको सहभागिता थियो।

केदारप्रसाद पौड्याल

प्रवक्ता