2005-10-05 - press release - NA२०६२-०६-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19840 अभिलेखालय सि. नं.: NCA-19840

घुम्ति शिविर सञ्चालन

मिति २०६२ आश्विन १६ गते सुरक्षाफौज तथा स्थानीय प्रशासनद्वारा हुम्ला जिल्लाको बरगाउँ इलाकामा सञ्चालन गरिएको घुम्ति सेवा शिविरमा आएका ९० जना विरामीहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण, ३५ जना व्यक्तिहरुलाई तरकारीको विउ बिजन वितरण, २८ वटा चौपायाहरुलाई औषधि उपचार तथा २०९ जना छात्रछात्राहरुलाई विविध शैक्षिक एवं खेलकुदका सामाग्रीहरु वितरण गरिएको छ ।

मिति २०६२ आश्विन १६ गते सुरक्षाफौज तथा स्थानीय प्रशासनद्वारा बझाङ्ग जिल्लाको सुनिकोट इलाकामा सञ्चालन गरिएको घुम्ति सेवा शिविरमा आएका ३५६ जना विरामी व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण गर्नुको साथै ३९५ जनालाई विभिन्न किसिमको सेवा तथा सुविधा प्रदान गरिएको छ ।

RNA HQ
05 October 2005