Archive ref no: NCA-19839
आतंककारी पक्राउ
सुरक्षाफौजले मिति २०६२ आश्विन १६ गते चितवन जिल्ला गुन्जनगर इलाका निवासी आतंककारी समूहका कथित जिल्ला अध्यक्ष पिताम्बर पोखरेल र सोही जिल्ला पटिहानी इलाका निवासी यमनाथ पौडेललाई पक्राउ गरेको छ । निजहरुसंग सोधपुछको कार्य भइरहेको छ ।
यसै गरी सुरक्षाफौजले यही आश्विन १३ गते मोरङ्ग जिल्लाको सिंहदेबी इलाकाबाट आतंककारी समुहसँग आवद्ध अखिल नेपाल क्रान्तिकारीका कथित जिल्ला सचिव खगेन्द्र सुबेदी "भिषण" लाई पेस्तोल एवं सो को गोली सहित तथा अखिल नेपाल महिला संघकी कथित उप क्षेत्रिय व्युरो सदस्य शान्ता र्राई "भावना" लाई आतंककारी दस्तावेज सहित पक्राउ गरेको छ । निजहरुसंग सोधपुछको कार्य भइरहेको छ ।
RNA HQ
05 October 2005