2005-10-04 - press release - NA२०६२-०६-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19835 अभिलेखालय सि. नं.: NCA-19835

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्र जीवनयापन गर्ने प्रतिबद्धताकासाथ सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

धादिङ्ग जिल्ला जोगिमारा इलाका निवासी कथित वडा जनसरकार प्रमुख सानो दमाई, उप-प्रमुख एकबहादुर रानामगर, सदस्यहरु कृष्णबहादुर रानामगर, कृष्णध्वज भट्ट र डोरबहादुर रानामगरले हिजो आश्विन १७ गते ।

गुल्मी जिल्ला पौडीअमर्राई इलाका निवासी कथित जनमिलिसिया इश्वर खाती र कथित अखिल किसान क्रान्तिकारी सदस्य खुमबहादुर थापा "जिवन" ले यही आश्विन १२ गते ।

RNA HQ
04 October 2005