2005-10-02 - press release - NA२०६२-०६-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19827 अभिलेखालय सि. नं.: NCA-19827

उद्धार

हिजो मिति २०६२ आश्विन १५ गते धादिङ्ग जिल्लाको बैरेनी महेशदोभान इलाकामा भारतीय भ्रमण टोली यात्रा गरिरहेको यात्रुवाहक बस दुघटनामा परी घाइते भएका ३९ जना व्यक्तिहरुलाई गजुरीस्थित शाही नेपाली सेनाको उपचार केन्द्रमा प्राथमिक उपचार गरी एम्बुलेन्सद्वारा काठमाण्डौतर्फपठाइएको छ ।

साथै हिजो मिति २०६२ आश्विन १५ गते डडेलधुरा जिल्लाको भिमदत्त राजमार्गको गैरा सडक खण्डमा आतंककारीहरुले ढुंगा मुढा राखी बाटो अवरुद्ध पारेर यातायात आवागमनमा अवरोध खडा गरेकोमा सुरक्षाफौजले तत्काल उक्त अवरोधहरु हर्टाई यातायात सुचारुरुपले सञ्चालन गराएको छ ।

RNA HQ
02 October 2005