2005-10-02 - press release - NA२०६२-०६-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19825 अभिलेखालय सि. नं.: NCA-19825

आतंककारी पक्राउ

आज मिति २०६२ आश्विन १६ गते मकवानपुर जिल्लाको शिखरकटेरी इलाकामा नियमित गस्तिमा रहेको सुरक्षाफौज लक्षित गरी फायर गर्ने आतंककारी बिरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट एक आतंककारी घाइते भएका छन् । सुरक्षाफौजले निज आतंककारीको साथमा रहेको पेस्तोल नाल-१ बरामद गर्नुको साथै सो घटनामा संलग्न अर्का एक आतंककारीलाई समेत नियन्त्रणमा लिएको छ । हाल घाइते आतंककारीलाई उपचार्रार्थ हेटौँडास्थित जिल्ला अस्पताल पुर्‍याइएको छ ।

हिजो मिति २०६२ आश्विन १५ गते सप्तरी जिल्लाको कचनदाह इलाकाबाट आतंककारी समूहका कथित जिल्ला इन्चार्ज शिवराम यादव "सुभाष" उपनाम गरेका एक आतंककारीलाई अमेरीकन पेस्तोल-१, सो को गोली भरेको मेग्जिन सहित सुरक्षाफौजले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

RNA HQ
02 October 2005