2005-10-02 - press release - NA२०६२-०६-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19824 अभिलेखालय सि. नं.: NCA-19824

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

मिति २०६२ आश्विन १४ गते आतंककारीहरुले सल्यान जिल्लाको बिभिन्न स्थानबाट ठूलो संख्यामा बिद्यार्थी तथा युवायुवतीहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

यही आश्विन १३ गते आतंककारीहरुले नुवाकोट जिल्लाको सामरी इलाकास्थित विद्यालयका शिक्षकहरुलाई तलवको १० प्रतिशतका दरले रकम दिनुपर्छ भनि धम्क्याउनुको साथै सोही जिल्लाको थानसिङ्ग इलाकामा रहेको बिजुलीको पोलहरुमा तार टाँगी बिजुली बालेमा गाँउ निकाला गर्ने धम्की दिदै स्थानीय बासिन्दाहरुलाई बिजुलीको उपभोग गर्नबाट बञ्चित तुल्याएका छन् ।

यही आश्विन १३ गते धादिङ्ग जिल्लाको पैरे इलाका निवासी कृष्ण प्रसाद रुपाखेती नाम गरेका एक र्सवसाधारण व्यक्तिको घरमा आतंककारीहरु प्रवेश गरी निजको घरबाट गरगहना तथा नगद ७० हजार रुपैया समेत लुटेर लगेका छन् ।

यही आश्विन १२ गते आतंककारीहरुले डोटी जिल्लाको गाँजरी गा.बि.स.का प्रत्येक वडाहरुबाट ४/४ जनाका दरले स्थानीय बासिन्दाहरुलाई अपहरण गरी अज्ञात स्थलतप लगेका छन् ।

RNA HQ
02 October 2005