2005-10-01 - press release - NA२०६२-०६-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19820 अभिलेखालय सि. नं.: NCA-19820

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

निःशस्त्र अवस्थामा रहेका सुरक्षाफौजका एक जवानलाई यहि आश्विन १३ गते आतंककारीहरुले दाङ्ग जिल्लाको मानपुर गा.बि.स.स्थित घरबाटै अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

मिति २०६२ आश्विन १३ गते सल्यान जिल्लाको हिउल्चा इलाकास्थित महेन्द्र रत्न मा.बि.बाट २५ जना विद्यार्थीहरु, सुर्खेत जिल्लाको मजेडीचौर इलाकास्थित एक मा.बि.का कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरु तथा बाजुरा जिल्लाको कुलदेवमाण्डौ इलाकाबाट ६१ जना युवाहरुलाई आतंककारीहरुले अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
01 October 2005