2005-10-01 - press release - NA२०६२-०६-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19819 अभिलेखालय सि. नं.: NCA-19819

श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाह सरकारको तीसौं शुभजन्मोत्सव सुशम्पन्न

श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाह सरकारको तीसौँ शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा सैनिक अधिकृत श्रीमती संध (शाही नेपाली सेना ) ले आज आश्विन १५ गते भद्रकालीस्थित सघंकै प्राङगणमा विशेष कार्यक्रमको आयोजना गरी हर्षउल्लासमय वातावरणमा मौसूफ सरकारको शुभजन्मोसव मनायो ।

सो अवसरमा संघकी अध्यक्ष श्रीमती कमला थापाले सघं परिवार लगायत आफ्नोतर्फाट मौसूफ सरकारको सुख, समृद्धि, दीघायु एवं अटल सौभाग्यको मगलमय शुभकामना भक्ति एव परम श्रद्धापूवक चढाउनु भयो । सघंले विभिन्न मन्दीर तथा मठहरुमा पुजा अर्चना गरी फूल प्रसाद सहित उपहार तथा शुभकामना आजै राजदरवारमा मौसूफका जुनाफमा चढाएको छ ।

सोही समारोहमा सघंकी अध्यक्ष श्रीमती कमला थापाले सैनिकका विभिन्न उमेरका सुस्त मनस्थितिका १३ जना बालबालिकाहरुलाई दिव्य स्मृति सुस्त मनस्थिति कोषबाट शिक्षा तथा पालनपोषणका लागी जनही तीन हजार रुपैयाँ प्रदान गर्नु भयो ।

यसै गरी श्री बीरेन्द्र सैनिक आवासीय महाबिधालयम अध्ययनरत १८ जना छात्राहरुलाई श्री ५ दीपेन्द्र छात्रवृत्ति र अन्य अन्धा अपाङ्ग ३ जनालाई शिक्षण शूल्क वापत छात्रबृत्ति प्रदान गर्नु भयो ।

सो शुभजन्मोत्सव समारोहमा शाही नेपाली सेनाका रथीवृन्द सेनानी समुहका साथै सघंका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

RNA HQ
01 October 2005