2005-09-30 - press release - NHRC२०६२-०६-१४ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19815 अभिलेखालय सि. नं.: NCA-19815

मिति: 2005-09-30
आइसीजेका महासचिव निकोलस आयोगमा, २०६२ असोज १४

ललितपुर, असोज १४, २०६२ - नेपाल भ्रमणमा रहनुभएका इन्टरनेशनल कमिटी अफ जुरिस्ट (आइसीजे) का महासचिव निकोलस हवेनको टोली आज राष्ट्रिय मानव अधिकार आयोगमा आई आयोगका अध्यक्ष तथा सदस्यहरूसँग मानव अधिकारको वर्तमान अवस्थाबारे छलफल गर्‍यो।

सो अवसरमा आयोगले मानव अधिकार संरक्षण र सम्बर्द्धनका क्षेत्रमा निर्वाह गरिरहेको भूमिकाका बारेमा टोलीलाई जानकारी गराएको थियो। छलफलका क्रममा नेपालको मानव अधिकार स्थिति प्रति गहिरो चिन्ता व्यक्त गर्दै हवेनले आयोगले गरिरहेको कामको प्रशंसा गर्नुभयो। छलफलमा आयोगका अध्यक्ष नयनबहादुर खत्री तथा सदस्यहरूको सहभागिता थियो।

केदारप्रसाद पौ्डयाल
प्रवक्ता