2005-09-30 - press release - NA२०६२-०६-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19811 अभिलेखालय सि. नं.: NCA-19811

घुम्ति शिविर सञ्चालन

मिति २०६२ आश्विन १२ गते बाजुरा जिल्लाको भौनेरा इलाकामा सुरक्षाफौज तथा स्थानीय प्रशासनद्वारा सञ्चालन गरिएको घुम्ति सेवा शिविरमा ३४ जनालाई नागरिकताको प्रमाण-पत्र, ४०६ जनालाई विभिन्न तरकारी तथा फलफुलहरुको बिउबिजन, ६ जनालाई बृद्ध भत्ता, १५८ जना दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति, उत्कृष्ट पशुपालन गर्ने २० जना कृषकहरुलाई पुरस्कार, २५ घरपरिवारलाई बिभिन्न थरीका बोट बिरुवाहरु, ४९६ जना विरामीहरुलाई स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गर्नुका साथै १,३५२ जना व्यक्तिहरुलाई विभिन्न पशुपालन सम्वन्धी प्रशिक्षण समेत दिइएको छ ।

RNA HQ
30 September 2005