2005-09-30 - press release - NA२०६२-०६-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19807 अभिलेखालय सि. नं.: NCA-19807

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

हिजो आश्विन १३ गते आतंककारीहरुले खोटाङ्ग जिल्लाको धर्तुमा इलाकास्थित माध्यमिक विद्यालयबाट १३ जना शिक्षक तथा विद्यार्थीहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

आतंककारीहरुले हिजो आश्विन १३ गते इलाम जिल्लाको फुयतप्पा, मंगलबारे, एकतप्पा, र आमचोक इलाकास्थित विभिन्न विद्यालयहरुमा धम्की दिई पठन पाठन बन्द गराएका छन् ।

आश्विन ११ गते दाङ्ग जिल्लाको भालुवाङ्गबाट रोल्पाको सुलिचौरतर्फगइरहेको बसमा यात्रा गरिरहेको १ जना र्सवसाधारण व्यक्ति तथा यही १० गते पाँचथर जिल्लाको फलैचा इलाकास्थित विद्यालयका शिक्षक दुगाप्रसाद सुवेदीलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

आश्विन ८ गते पाँचथर जिल्लाको फलैचा गा.बि.स.-३ निवासी निवर्तमान गा.बि.स.अध्यक्ष नर प्रसाद अधिकारी तथा कृष्ण अधिकारी नाम गरेका र्सवसाधारण व्यक्ति, ताप्लेजुङ्ग जिल्ला थुकिम्बा इलाका निवासी बृखमणि चेङवाङ, गुल्मी जिल्ला पोखरावारी निवासी स्थानीय अर्जे विद्यालयको पियन दर्जामा कार्यरत हरि बहादुर नेपाली तथा यही आश्विन २ गते पाँचथर जिल्ला आरुबोटे निवासी वर्ष१५ का जय बहादुर जगेबुलाई आतंककारीहरुले अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

ज्यादती गर्ने क्रममा हिजो आश्विन १३ गतेे जाजरकोट जिल्लाको डल्ली इलाकास्थित शाही नेपाली सेनामा कार्यरत जवानको घरका सम्पूण परिवारलाई आतंककारीहरुले घरबाट निकाली दिएका छन् ।

यही आश्विन १२ गते कन्चनपुर जिल्लाको झलारी इलाका निवासी अमर ऐर नाम गरेका एक र्सवसाधारण व्यक्तिलाई आतंककारीहरुले गोली हानी हत्या गरेका छन् ।

मिति २०६२ आश्विन ११ गते भ्रमणको क्रममा हुम्ला जिल्लाको हिल्सा इलाकामा रहेका पर्यटकहरु मध्य एक पर्यटक विरामी भएकोमा निजको उद्धारको लागि त्यर्सतर्फ गएको हेलिकोप्टरलाई आतंककारीहरुले नियन्त्रणमा लिई त्यहाँ रहेका पर्यटकहरुलाई विभिन्न डरत्राश देखाई रु.३० हजार रुपैया लिएर मात्र हेलिकोप्टरलाई छोडेका छन् ।

RNA HQ
30 September 2005