2005-09-29 - press release - NA२०६२-०६-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19806 अभिलेखालय सि. नं.: NCA-19806

घुम्ति शिविर सञ्चालन

सुरक्षाफौजको प्रत्यक्ष निगरानीमा अस्ती आश्विन ११ गते संखुवासभा जिल्लाको शितलपाटी इलाकामा संचालन भएको घुम्ती सेवा शिविरमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने क्रममा स्थानीय ६४ जना व्यक्तिहरुलाई नागरिकता बितरण, २६३ जना विरामी व्यक्तिहरुलाई स्वास्थ्य उपचार, ९० जना कृषकहरुलाई बिउविजन बितरण तथा २२६ जना व्यक्तिहरुलाई बन, भू-संरक्षण, हुलाक, घरेलु बिकास, शैक्षिक नीति, बैंक, खानेपानी लगायतका विषयहरुमा परामर्श दिनुको साथै विभिन्न पर्चाहरु समेत वितरण गरिएको छ ।

RNA HQ
29 September 2005