2005-09-29 - press release - NA२०६२-०६-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19805 अभिलेखालय सि. नं.: NCA-19805

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भई आतंककारी कृयाकलाप त्यागी स्वतन्त्र जीवन यापन गर्ने प्रतिबद्धताकासाथ आतंककारी समूह परित्याग गरी सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

जुम्ला जिल्ला पटमारा इलाका निवासी दत्तबहादुर बुढा "ध्रुव" ले एस.एम.जि. नाल-१ तथा सोको मेग्जीन एवं गोलीहरु सहित, सोही जिल्ला हान्सु इलाका निवासी भरत पाण्डे "बिन्दास" ले एस.एल.आर. नाल-१ तथा सोको म्याग्जिन गोटा ४ एवं गोली १०८ सहित तथा कथित सेक्सन कमाण्डर हरिश्चन्द्र बुढा "विकुल" ले डेटेनेटर थान-२२ सहित आज आश्विन १३ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

यसै गरी गुल्मी जिल्ला पौदी अमर्राई इलाका निवासी आतंककारी समुहका कथित गाउँ जनमिलिसिया अध्यक्ष गोविन्दबहादुर नेपाली, कथित जनमिलिसिया सचिव कृष्णबहादुर थापा, कथित किसान संघ अध्यक्ष ढालबहादुर खाती, कथित किसान संघ सचिव कृष्णबहादुर थापा, कथित किसान संघका सदस्यहरु दुगाबहादुर थापा, डम्बरबहादुर बोहरा, टिकाराम नेपाली, लोकबहादुर थापा, इश्वरप्रसाद थापा र कृष्ण नेपाली नाम गरेका व्यक्तिहरुले यही आश्विन ९ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
29 September 2005