2005-09-29 - press release - NA२०६२-०६-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19804 अभिलेखालय सि. नं.: NCA-19804

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

घर विदा लिई आफ्नो घरमा निःसस्त्र अवस्थामा बसेका सशस्त्र प्रहरीबल, बुटवलमा कार्यरत सुर्खेत जिल्ला रम्घाट इलाका निवासी सशस्त्र प्रहरी हवल्दार किरण खत्रीलाई यही आश्विन ७ गते आतंककारीहरुले घरबाटै अपहरण गरी निजलाई गोली प्रहार गरी घाइते बनाएका छन् । हाल निजको कोहलपुरस्थित मेडीकल कलेजमा उपचार भैरहेको छ ।

यही आश्विन ९ गते आतंककारीहरुले जाजरकोट जिल्लाको पुन्मा इलाकाबाट २ जना र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
29 September 2005