2005-09-28 - press release - NA२०६२-०६-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19800 अभिलेखालय सि. नं.: NCA-19800

उद्धार

हालै परेको अविरल बषाको कारण महाकाली अञ्चलमा आएको बाढीबाट उत्पन्न प्रकोपबाट पिडित समुदायलाई राहत तथा पुनस्थापना र अरु नोक्सानी हुन नदिनको लागि आज आश्विन १२ गते क्षेत्रिय प्रशासक तथा सुदुर पश्चिम पृतनाका पृतना पतिबाट घटनास्थलको निरिक्षण तथा पिडितहरुसंग प्रत्यक्ष रुपमा अन्तरकृया गर्नु भयो । उक्त बषाको कारण सुदुर पश्चिमाञ्चल क्षेत्रमा निम्नानुसार क्षति भएको तथा सुरक्षाफौजले निम्न अनुसार उद्धार कार्य गरेको छ ।

डडेल्धुरा, डोटी जिल्लाहरुको विभिन्न स्थानमा विद्युत प्रशारण बन्द भएकोमा सुरक्षाफौजको सक्रियतामा सो मर्मत गरी पुनः प्रशारण भएको ।

धनगढी-डडेल्धुरा-डोटी-साँफेबगर, डडेल्धुरा-बैतडी, बैतडी-बझाङ्ग र बुडर-जोगबुढा सडक खण्डमा पहिरो गई भएको अवरोध हर्टाई यातायात सुचारु रुपमा सञ्चालन गरेको ।

महाकाली नदीको पानीको सतह बढ्न गई कन्चनपुर जिल्लाको चाँदनी गा.वि.स.मा रहेको बाँध मिति २०६२ आश्विन १० गते फुट्न गई उक्त गा.वि.स.को वडा नं. २,४,५,७ र ९ डुवानमा परेको हुँदा तत्काल उक्त इलाकामा सुरक्षाफौज परिचालन गरी बाँध बाध्ने कार्य भइरहेको ।

कन्चनपुर जिल्लाको चाँदनी गा.वि.स.मा बाँधबाट प्रभावित स्थानीय १०६ परिवारका ७०० जनालाई त्रिपाल १०६ थान, कम्बल ८२ थान, विभिन्न कपडाहरु, भाँडाकुँडा १०६ सेट, चिउरा ८९५ के.जी., चामल १२२० के.जी. र चाउचाउ ३,१०५ के.जी. लगायतका राहत सामग्रीहरु वितरण गरिएको ।

RNA HQ
28 September 2005